यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ
खोटाङको शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राई पक्राउ परेका छन्।
फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई शुक्रबार पक्राउ गरिएको हो। अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए।
एक जना पीडित पनि प्रहरीकाे सम्पर्कमा आएको मुकारुङले बताए। थप सोधपुछ भइरहेकाे उनकाे भनाइ छ।
राईले फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको विषयमा सेतोपाटी डट कमले वैशाख २८ मा समाचार प्रकाशित गरेको थियो।
बैकल्पिक शिक्षाको नारा सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गरेका छन्। फाउन्डेशनमा डेढ सय विद्यार्थी बस्दै आएका छन्।