नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छः उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
धनुषाको जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै यादवले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उच्च तहका व्यक्तिहरूको नाम जोडिएकाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए। यस प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बनाएको पनि टिप्पणी गरे।
यादवले मधेश प्रदेश सरकार परिवर्तन नहुने बताएका छन्। उनले छिट्टै अन्य दललाई पनि मन्त्रिपरिषद्मा समावेश गर्ने बताए। जनमत पार्टी, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सरकार परिवर्तन गर्नुपर्नेमा माग गरिरहेका छन्।
यस्तै‚ उनले संविधान संशोधन गरेर जनताको मागलाई पूरा गर्नुपर्ने बताएका छन्। राष्ट्रपतितले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने, सरकारले संघीय निजामती ऐन र प्रहरी समायोजना ऐन अनुसार प्रहरी समायोजन हुनुपर्नेमा सरकारको दायित्व रहेको बताएका छन्।