बाजुरामा भूकम्पको धक्का
बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ।
बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५:१५ बजे चार दशमलब तीन रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
वैशाख २३ गते पनि यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर चार दशमलब एक रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।