कक्षा १२ को परीक्षा शुरू
कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरू भएको छ। परीक्षा बिहान ८ बजेदेखि शुरू भएको छ।
कक्षा १२ मा परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। परीक्षाका लागि एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा जेठ ५ गतेसम्म चल्नेछ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी छन्। कम नम्बर आएको विषयमा विषयमा ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। तीन वा सोभन्दा बढी विषयमा ‘नन-ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरिएको थियो। तर‚ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन-ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ।