मत्स्येन्द्रनाथको जात्रामा नरिवलको खोजी (तस्वीरहरू)
रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा आइतबार मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालिएको छ।
जात्राका क्रममा मत्स्येन्द्रनाथको रथ लगनखेल पुगेपछि नरिवल खसाल्ने प्रचलन छ। आइतबार योन्वा गुठीका सदस्यहरूले नरिवल खसालेका छन्।
यस मत्स्येन्द्रनाथको रथबाट खसालेको नरिवल समात्न स्थानीय बासिन्दाबीच तँछाडमछाड हुने गर्छ। नरिवल पाउनुलाई शुभ सङ्केतका रूपमा लिइन्छ।