ओझाको ‘आवरण’ उपन्यास सार्वजनिक
जया ओझाको उपन्यास ‘आवरण’ शनिवार राजधानीमा सार्वजनिक गरिएको छ । भाषाविद् वसन्तकुमार शम्र्मा नेपालले ‘आवरण’तको विमोचन गरेका हुन् ।
कार्यक्रमका वक्ता तथा अन्तरलिङ्गी पात्र इशान रेग्मीले भने, “हर्मनका कारणले हुने अन्तरलिङ्गी समस्यालाई समाज तथा परिवारले बुझ्न नसकिरहेको समयमा जया ओझाले समाज तथा परिवारमा भएको भ्रमलाई अन्त्य गर्न सहयोग गर्नु भएको छ ।”
सार्वजनिक समारोहमा साहित्यकार उमा सुवेदी र शेखर खरेलले पुस्तकका बारेमा बोलेका थिए । उपन्यास ‘आवरण’लाई शिखा बुकले प्रकाशन गरेको हो ।