नवनियुक्त मन्त्री आचार्यले लिए शपथ
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आइतबार शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। उनी आइतबार नै मन्त्री नियुक्त भएका थिए।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा राष्ट्रपति पौडेलले मन्त्री नियुक्त गरेका थिए।
यस्तै, राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको सिफारिशमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्रराय यादवको जिम्मेवारी हेरफेर गरेका छन्। मन्त्री यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।