सञ्चार क्षेत्रका समस्या समाधान गर्न सरोकारवालासँग सहकार्य हुन्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आठौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधान दाहालले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकारवालासँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
गोरखापत्र प्रकाशन शुरू भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आइएको छ। सरकारले विसं. २०७३ मा पत्रकारिता दिवस मनाउन मान्यता दिएपछि वैशाख २४ गते मनाउन थालिएको हो। १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन शुरू भएको हो।
‘पत्रकारितामा खोज र नवीनता: लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने नाराका साथ मनाउन आज पत्रकारिता दिवस मनाइँदै छ।