उँभौलीको उल्लास (तस्वीरहरू)
किरात समुदायले शुक्रबार साकेला सिली नाच्दै धूमधामसँग उँभौली मनाएका छन्।
किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला सिली वर्षमा दुई पटक नाच्ने गरिन्छ। अन्नबाली छर्ने वेला अर्थात् वैशाख पूर्णिमाका दिन उँभौली र अन्नबाली उठाउने याम मंसीर पूर्णिमाका दिन उधौली मनाउँदा साकेला सिली नाच्ने प्रचलन छ। यो अवसरमा साकेला नाच्दै रमाइलो गरिन्छ।
राई, लिम्बू, याक्खा, सुनुवार लगायत समुदायमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला मनाउने प्रचलन रहिआएको छ। किरात समुदायको बसोबास रहेको पूर्वी नेपालमा ढोल, झ्याम्टा र साकेला गीत गाउँदै उँभौली मनाइएको छ।
काठमाडौंमा रहेका किरात समुदायले गोकर्णमा उँभौली पर्व मनाएका छन्। गोकर्णमा आयोजित उँभौलीका दृश्यः