कांग्रेसबाट थपिए तीन मन्त्री
सत्ता साझेदार नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू मन्त्री बनेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २० गते प्रधानमन्त्रीको सिफारिशमा गुरुङलाई कानून, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकूद मन्त्री नियुक्त गरेका हुन्।
कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट तीन मन्त्री थपिएसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ।