भारतमा भएको उपचार खर्च राष्ट्रपति स्वयंले बेहोर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा भएको खर्च आफैं बेहोर्ने भएका छन्।
भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गर्दा भएको खर्च राष्ट्रपति पौडेल आफैंले बेहोर्न चाहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा उल्लेख छ‚ ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ।’
गत वैशाख ६ गते भारत गएका राष्ट्रपति पौडेल उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए। काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावमा उनलाई एम्स लगिएको विज्ञप्तिमा भनिएको छ।