पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
धादिङको धार्केमा पुल छेउको जमीन भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
धुनीबेंसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमानामा रहेको गणेशखोला पुल छेउ जमीन भासिंदा सोमबार अपराह्न ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। भासिएको ठाउँमा ग्यावियन जाली भरेर मंगलबार बिहान १० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
सडक सञ्चालन गर्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर काम गरेका थिए। सडक एकतर्फी खुलाइए पनि तत्काल सहजै बाटो पास गर्न कठिन छ। सयौं सवारीसाधन सडकमा रोकिएकाले आवागमन सहज बनाउन अझै केही घण्टा लाग्ने प्रहरीले बताएको छ।