यूएई विरुद्ध नेपाललाई नवौं सफलता
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि यूएई दबाबमा परेको छ।
एसीसी प्रिमियर कपको फाइनलमा यूएईले १०६ रनमै नौ विकेट गुमाएको छ। शुरूआतदेखि नै नेपाली बलरले यूएईलाई दबाबमा राखेका थिए।
तेस्रो ओभरदेखि विकट गुमाउँदै गएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन जोडेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले राम्रो शुरूआत गर्न सकेन।
नेपालका लागि चौथो ओभरमै सोमपाल कामीले विकेट लिएका थिए। उनले यूएईका कप्तान मोहम्मद वासीमलाई ११ रनमा आउट गरे।
त्यसपछि पाँचौं ओभरमा करण केसीले भृत्य अरविन्दलाई आठ रनमा आउट गरे। खेलको आठौं ओभरमा केसीले नै आर्यन लक्रालाई १३ रनमा आउट गर्दै दोस्रो विकेट लिए।
दशौं ओभरमा ललित राजवंशीले रमिज शाहजादलाई एक रनमै आउट गरे भने १४औं ओभरमा सन्दीप लामिछानेले रोहन मुस्ताफालाई ३० रनमा आउट गरे।
त्यस्तै, २३औं ओभरमा गुल्सन झाले वसिल हमीदलाई १० रनमा आउट गरे। सातौं विकेटका रूपमा आयन अफजल पाँच रनमा आउट भए। उनलाई लामिछानेले आउट गरे।
आसिफ खानले यूएईको पारी सम्हाल्न खोजे पनि अर्कातिर विकेट झर्दै गयो। खानलाई ४६ रनमा राजवंशीले आउट गरे। त्यस लगत्तै नवौं विकेटमा रूपमा राजवंशीले नै जहूर खानलाई शून्यमा आउट गरे।
नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिए।
अहिले वर्षाका कारण खेल रोकिएको छ।