उपचारपछि स्वदेश फर्किए राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि भारतबाट स्वदेश फर्किएका छन्।
उनी आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
राष्ट्रपति पौडेलको उपचार भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा भएको थियो। उनलाई वैशाख ६ गते उपचारका लागि नयाँ दिल्ली लागिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई वैशाख ५ गते साँझ काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। त्यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।