अयोग्य लडाकूलाई दुई लाख दिने निर्णयको विरोधमा प्रदर्शन
अयोग्य लडाकूलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।
काठमाडौंको नयाँ बानेश्वरमा शनिबार राष्ट्रिय युवा संघले प्रदर्शन गरेको हो। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका छन्।
उनीहरूले अयोग्य लडाकूलाई दुई लाख रुपैयाँ वितरण गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्। त्यस्तै, मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन्।