रोहित र कुशलको अर्द्धशतकमा नेपालको २८१ रन
वर्षाका कारण अवरुद्ध हुँदा आठ ओभर घटाइएको कुवेत विरुद्धको खेलमा नेपालले २८१ रन बनाएको छ।
एसीसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएको हो। वर्षाका कारण केही समय खेल रोकिएकाले आठ ओभर घटाइएको छ।
नेपालका लागि रोहित पौडेल र कुशल मल्लले अर्द्धशतक प्रहार गरे। पौडेलले ९५ बलमा ९४ र मल्लले ४४ बलमा ५७ रन बनाए।
त्यस्तै, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१, आरिफ शेखले १९, सोमपाल कामीले १३, करण केसीले सात, सन्दीप लामिछानेले पाँच, ललित राजवंशीले दुई र भीम सार्कीले एक रन बनाए।
कुवेतका लागि मोहम्मद अस्लम र अड्नान इद्रिसले तीन–तीन तथा यासिन पटेल र सायद मोनिबले एक–एक विकेट लिए।
कुवेतलाई २८१ रनको लक्ष्य मिलेको छ। ओभर घटाइएका कारण डीएलएस मेथडका आधारमा लक्ष्य तय गरिएको हो।