एसीसी प्रिमियर कप: रोहित र कुशलको साझेदारीमा सम्हालिंदै नेपाल
एसीसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनलमा रोहित पौडेल र कुशल मल्लको साझेदारीमा नेपालले सय रन पूरा गरेको छ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत गरे। उनीहरूले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे। भुर्तेलले ४३ र शेखले ३१ रन बनाए।
त्यसपछि भने नेपालले एकपछि अर्को गर्दै तीन विकेट गुमायो। भीम सार्की एक रन बनाएर आउट भए।
रोहित पौडेल र कुशल मल्लले नेपालको पारी सम्हालेका छन्। मल्लले २१ र पौडेलले १९ रन बनाएका छन्।
कुवेतका लागि अड्नास इद्रिसले दुई र मोहम्मद अस्लमले एक विकेट लिएका छन्। टस जितेको कुवेतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।