गण्डकीमा मुख्यमन्त्री पाण्डे सहित दुई मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार शपथ लिएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। पाण्डे सहित दुई मन्त्रीले पनि आजै शपथ लिएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट सुशट्ठला सिम्खडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री बनेका हुन्। दुवै मन्त्रीको जिम्मेवारी तोकिन बाँकी छ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत दलको समर्थन छ।