सूचना टाँसेर राष्ट्रिय सभाको बैठक स्थगित
आज दिउँसो १ बजे बोलाइएको राष्ट्रिय सभा बैठक स्थगन भएको छ।
संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणवश आज दिउँसो बोलाइएको राष्ट्रिय सभाको बैठक बस्न नसक्ने जनाएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा अब अर्को बैठक वैशाख १५ गते दिउँसो ४ बजे बस्ने तय गरिएको जनाइएको छ।
राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम ३ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ।