नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ।
आज नेप्से परिसूचक १३.६८ अङ्कले घटेर एक हजार ८९२ को बिन्दुमा झरेको छ। आज २६४ वटा कम्पनीका २५ लाख ७१ हजार २०२ कित्ता शेयर ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँमा कारोबार भएको छ।
नेप्सेका सबै इन्डेक्सको सूचक रातो देखिएको छ। सेन्सेटिभ इन्डेक्स २.११, फ्लोट इन्डेक्स १.०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अङ्कले घटेको छ।
त्यस्तै, सबै समूहका उपसूचक पनि रातो देखिएका छन्। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५६.८२ र निर्जीवन बीमा समूहको उपसूचक ५०.९५ अङ्कले घटेको छ।
त्यस्तै, ब्यांकिङ समूह ७.६७, विकास ब्यांक समूह ३५.९२, वित्त समूह १२.७५, होटल तथा पर्यटन समूह ४६.९० र जलविद्युत् समूह २०.५७ अङ्कले घटेको छ।
लगानी समूह ०.८५, उत्पादन तथा प्रशोधन समूह ३४.७२, लघुवित्त समूह २०.९५, म्युचुअल फन्ड ०.०४, व्यापार समूह ६.५८ र अन्य समूह ५.४५ अङ्कले घटेको छ।