गण्डकीमा सरकार गठनका लागि आह्वान
गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा वैशाख १४ गते दिउँसो ४ बजेसम्म सरकार गठन गर्नुपर्ने जनाइएको छ।
यस धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ। नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकारले वैशाख ९ गते प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो।