चितवन-२ मा रवि लामिछाने निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले चितवन-२ बाट निर्वाचित भएका छन्।
लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका छन्। यस्तै‚ नेकपा (एमाले)का रामप्रसाद न्यौपानेेले १० हजार ९३६ मत प्राप्त गरेका छन्।
गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रमा लामिछाने ४९ हजार ३०० मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए। नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएकाले यहाँ उपनिर्वाचन भएको हो।