चितवन-२ मा रवि लामिछाने साढे ३२ हजार मतान्तरले अगाडि
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तर सहित अगाडि छन्।
लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ सात हजार ४५७ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३२ हजार ६१२ मतको अन्तर रहेको छ। यस्तै‚ तेस्रो स्थानमा रहेको नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार २६८ मत प्राप्त गरेका छन्।
गत मंसीरमा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा लामिछाने ४९ हजार ३०० मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए। नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएकाले यहाँ उपनिर्वाचन भएको हो।