रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा (तस्वीरहरू)
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ सोमबार राति ललितपुरको गाःबहाल पुर्याइएको छ।
ललितपुरकै पुल्चोकबाट तानेर रथलाई गाःबहाल पुर्याइएको हो। आज राति गाःबहालमै राखिनेछ।
पुल्चोकबाट रथ तान्दा स्थानीय बासिन्दा धिमेबाजा सहित सहभागी भएका थिए। जावलाखेल पुगेपछि भोटो देखाउने गरिन्छ।