बारामा फेरि उपेन्द्र यादवले लिए अग्रता
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा-२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले फेरि अग्रता लिएका छन्।
सोमबार साँझ ६ बजेसम्म भएको मतगणनामा यादवले २११ मतको अग्रता बनाएका हुन्। यादवले एक हजार ८७२ मत पाएका छन्।
त्यस्तै, उनको प्रतिस्पर्धामा रहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहाले एक हजार ६६१ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेल ७२९ मत सहित तेस्रो नम्बरमा छन्।
तनहुँ–१ र चितवन–२ मा अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको २६९ मत छ। त्यस्तै, आम जनता पार्टीका अरुण ज्ञवालीले १५४ मत पाएका छन्।
अहिलेसम्म चार हजार ८३९ मत गणना भएको छ। बारामा ६८ हजार ८८७ मत खसेको थियो।