चितवनमा कसको कति मत?
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्।
शुरूआतमा नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले अग्रता लिएको भए पनि अहिले भने लामिछाने अगाडि छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ तेस्रो नम्बरमा छन्।
लामिछानेले चार हजार ३५८, न्यौपानेले दुई हजार ५४४, श्रेष्ठले दुई हजार २०५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जीवलाल पुरीले ३० मत पाएका छन्।
वैशाख १० गते भएको उपनिर्वाचनमा यो क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो।