चितवनमा रवि लामिछानेले लिए अग्रता
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्।
शुरूआती अग्रता लिएका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पछि पार्दै लामिछानेले अग्रता बनाएका हुन्। उनले एक हजार १५५ मत पाएका छन्।
एमालेका उम्मेदवार न्यौपाने दोस्रो नम्बरमा झरेका छन्। उनले ६६५ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले ५८८ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
अहिलेसम्म चितवनमा दुई हजार ४८४ मत गणना भएका छन्। यो क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो।