तनहुँमा १३ हजार मतगणना, कसको कति?
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा अहिलेसम्म १३ हजार ६५ मत गणना भएको छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि छन्। उनले सात हजार २९३ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई चार हजारभन्दा बढी मतले पछाडि छन्। कांग्रेसका भट्टराईले तीन हजार २३४ मत पाएका छन्।
नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो नम्बरमा छन्। उनले दुई हजार १३४ मत पाएका छन्।
उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो। यो क्षेत्रमा एक लाख २३ हजार ३०५ मतदाता थिए।
उपनिर्वाचन भएका चितवन-२ र बारा-२ मा पनि मतगणनाको तयारी भइरहेको छ। चितवनमा सर्वदलीय बैठक बोलाइएको छ।
त्यस्तै, बारामा सर्वदलीय बैठक बसिरहेको छ। सर्वदलीय बैठकले निर्णय गरेसँगै मतगणना शुरू गरिने जनाइएको छ।