प्रदेश सभाका ३७ उम्मेदवारले पनि बुझाएनन् खर्च विवरण (सूची)
प्रदेश सभा सदस्यका लागि गत मंसीर ४ मा भएको निर्वाचनमा उम्मेदवार बनेका ३७ जनाले खर्च विवरण बुझाएका छैनन्।
निर्वाचन आयोगले खर्च विवरण नबुझाउने उम्मेदवारको सूची सार्वजनिक गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा उम्मेदवारले ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ।
तोकिएको समयभित्र खर्च विवरण नबुझाउने उम्मेदवार नाम आयोगले सार्वजनिक गरेको हो। आयोगका अनुसार कोशी प्रदेशका ६, मधेश प्रदेशका २२, बागमतीका सात, गण्डकी र सुदूरपश्चिमका एक–एक उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।
आयोगले खर्च विवरण नबुझाउने प्रतिनिधि सभा सदस्यका उम्मेदवारको सूची पनि सार्वजनिक गरेको छ। प्रतिनिधि सभाका पनि ३७ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।
प्रदेश सभाका खर्च विवरण नबुझाउने उम्मेदवार: