प्रतिनिधि सभाका ३७ उम्मेदवारले बुझाएनन् खर्च विवरण (सूची)
प्रतिनिधि सभा सदस्यका लागि गत मंसीर ४ मा भएको निर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका दल तथा स्वतन्त्र उम्मेदवारी दिएका ३७ जनाले खर्च विवरण बुझाएका छैनन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा उम्मेदवारले ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। निर्वाचन आयोगका अनुसार विवरण नबुझाउनेमा कोशी प्रदेशका ६, मधेशका ११, बागमतीका १५, गण्डकीका चार र लुम्बिनीका एक जना छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कडेल (मधेश), जनता समाजवादी पार्टीका गोपाल तण्डुकार (बागमती), नरेन्द्र गुरुङ (गण्डकी), जनता समाजवादी पार्टीका गजेन्द्र ढकाल (कोशी), जनता प्रगतीशिल पार्टीका रुपनारायण मण्डल (मधेश), नेपाल सदभावना पार्टीका संजोग चौधरी (मधेश) र नेपाली जनता दलका रामबाबु रजक (मधेश)ले खर्च विवरण बुझाएका छैनन्।
त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी मञ्जु राना मगर, साङ्गे शेर्पा, पिकेश परियार (बागमती), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रविण शेरचन (गण्डकी), मंगोल नेशनलकी गंगा खपाङ्गी तामाङ (बागमती) र नेपाल जनता पार्टीका सिकन्दर राय (मधेश) लगायतले ३७ जनाले खर्च विवरण नबुझाएको आयोगले जनाएको छ।
खर्च विवरण नबुझाउने उम्मेदवार: