कुशलको विस्फोटक शतकमा नेपालको ३१० रन
कुशल मल्लले शतक प्रहार गरेपछि नेपालले ३१० रन बनाएको छ।
एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार ओमनसँगको खेलमा नेपालले आठ विकेटको क्षतिमा ३१० रन बनाएको हो। नेपालका लागि मल्लले पहिलो शतक प्रहार गरे।
उनले ६४ बलमा १०८ रन बनाए। जसमा नौ चौका र दश छक्का समावेश छन्।
त्यस्तै, नेपालका लागि सोमपाल कामीले अर्द्धशतक प्रहार गरे। उनले ४८ बलमा ६३ रन बनाए। उनले नौ चौका प्रहार गरे।
त्यस्तै, भीम सार्कीले ३३, आरिफ शेखले र करण केसीले २९-२९ तथा रोहित पौडेलले २३ रन बनाए।
ओमनका लागि आयान खानले दुई, विलाल खान, कलीमुल्लाह, जीशम मक्सूद, फयाज बट, कबि इल्यास र जतिन्दर सिंहले एक–एक विकेट लिए।
केहीबेरमा ओमन ३११ रनको लक्ष्य पछ्याउन ब्याटिङ गर्नेछ।
एसीसी प्रिमियर कप अन्तर्गत नेपालको यो दोस्रो खेल हो। यअसघि वैशाख ५ मा भएको खेलमा नेपालले मलेसियालाई ६ पराजित गरेको थियो।
नेपाल रहेको समूह ‘ए’ मा मलेशिया, ओमन, कतार र साउदी अरब छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्। एसीसी प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ।