खस प्रतिष्ठान स्थापना गर्न संसद्मा माग
सांसद छिरिङल्हामु लामा तामाङले जुम्लाको सिंजामा खस प्रतिष्ठान र संग्रहालय खोल्न माग गरेकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले खस सभ्यता संसारमा चिनाउनुपर्ने माग गरेकी हुन्।
“खस सभ्यतालाई संसारमा चिनाउन जरुरी छ। यो हाम्रो मौलिक सभ्यता हो,” नेकपा (माओवादी केन्द्र)की सांसद तामाङले भनिन्, “सिंजामा खस प्रतिष्ठान र खस संग्रहालय स्थापना गरौं।”