त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण ६ घण्टा रोकिने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख ७ गते बिहान ६ घण्टा उडान तथा अवतरण रोकिने भएको छ।
त्रिभुवन विमानस्थल विद्युत् आपूर्ति प्रणाली थप सुदृढ बनाउन वैशाख ७ गते बिहान १ देखि ७ बजेसम्म सबै उडान तथा अवतरण रोकिने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जनाएका छन्।
बिहान ६ घण्टा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिन लागेको हो।
महाप्रबन्धक तिवारीले सूचना जारी गरी विद्युत् आपूर्ति प्रणाली थप सुदृढ बनाउन अनलाइन यूपीएस जडान गर्न लागिएको जनाएका छन्। अनलाइन यूपीएस जडान गर्न उडान तथा अवतरण रोकिन लागेको जनाइएको छ।