‘तिमीले पढेर खाँदैनौ’ भनेर विद्यालयले नै विद्यार्थी निकालेपछि
ललितपुरको जावलाखेलमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कूलले आफ्ना विद्यार्थीलाई ‘पढेर खाँदैनौ, पठाओ चलाएर खाऊ’ भनेर निकालेको अभिभावकले जनाएका छन्।
आफ्नी माइली छोरीलाई कक्षा ९ को परीक्षामा ‘राम्रो’ नगरेको भन्दै विद्यालयले निकालेको अभिभावक उपेन्द्र सुब्बाले बताए। चलचित्र जारी का निर्देशक समेत रहेका सुब्बाले भने, “कक्षा २ देखि पढाएको विद्यालयले नै तपाईंको छोरीलाई सिकाउने कुनै औषधि छैन भनेर अन्त लानू भने।”
आफू कक्षा ९ मै दोहोर्याएर पढाउन तयार भए पनि विद्यालयले कुनै हालतमा राख्न नमानेको सुब्बाको भनाइ छ। अन्य विद्यार्थीलाई पनि विद्यालयले यसरी नै निकालेको अभिभावकहरूले बताउने गरेका छन्।
मेरी छोरीलाई जस्तो व्यवहार अरूलाई नगर्नू भनेर छोरीको ट्रान्सक्रिप्ट लिएर आएको सुब्बाले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टेटस लेखेका छन्। “भाइस–प्रिन्सिपल सहित अरू दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं, अन्त स्कूल लानू, यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दिनन् भनेछन्,” उनले लेखेका छन्, “पहिला पनि जोशी सरले ‘पढेर केही गरिखान सक्दैन, बरु एउटा स्कूटी किन्दिनू, पठाओ चलाएर खान्छे भने’ भन्दै आमाछोरी दुवै मसँग रोए।”
सुब्बाको फेसबूक स्टेटस: