दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३.६४ अङ्कले ओरालो लागेर एक हजार ९०८.०४ मा सीमित भएको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७८ अङ्कले ओरालो लागेर ३६२.९६ मा सीमित भएको छ।
आज कारोबार भएका कुल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ। कारोबार रकम भने आज पनि बढेको छ। आज ९२ करोड ७८ हजार ५७१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सोमबार २३ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।