सिन्दुर खेलेर मनाइयो सुथः सिया (तस्वीरहरू)
बिस्काः जात्रा अन्तर्गत शनिबार टोल टोलबाट खटजात्रा निकाल्दै सिन्दुर खेलेर सुथः सिया मनाइएको छ।
हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्राको छैटौं दिन आज सुथः सिया अर्थात् बिहानको जात्रा मनाइएको हो। स्थानीय बासिन्दा टोल टोलबाट खटजात्रा निकालेर बालकुमारी मन्दिरमा पुगेका थिए।
स्थानीय बासिन्दाले बालकुमारी मन्दिरमा सिन्दुर खेलेर हर्षोल्लासका साथ जात्रा मनाएका छन्। यस क्रममा हात हातमा चिराग बोक्ने गरिन्छ।
बिस्काः जात्रा गत चैत २७ गते शुरू भएको हो। वैशाख ५ गते जात्रा समापन गरिनेछ।