बालकुमारीमा बिस्का जात्रा (तस्वीरहरू)
भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्काः अर्थात् बिस्केट जात्रा थिमिस्थित बालकुमारी मन्दिरमा पुगेको छ।
बालकुमारी मन्दिरमा पूजाआजा सहित बिस्काः जात्रा मनाइएको छ। बिस्काः जात्रामा हिजो लिङ्गो ठड्याइएको थियो भने आज साँझ ढालिनेछ।
गत चैत २७ बाट शुरू भएको बिस्काः जात्रा वैशाख ५ गते रथ तानेर समापन गरिनेछ।