यस्तो छ प्रधानमन्त्री दाहालले सर्वोच्चमा बुझाएको जवाफ
सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका पाँच हजार जनाको जिम्मेवारी लिएको भन्दै परेको मुद्दामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा जवाफ बुझाएका छन्।
दाहालले लोकमणि पोखरेल मार्फत चैत २७ मा लिखित जवाफ बुझाएका हुन्। जसमा दाहालले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी आफूले नलिएको जिकिर गरेका छन्।
काठमाडौंमा २०७६ माघ १ गते आयोजित एक कार्यक्रममा दाहालले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए। आफ्नो परिवारका सदस्य सहित पाँच हजारको हत्याको जिम्मेवारी लिएको भन्दै ज्ञानेन्द्रराज आरण र चिरञ्जिवीवास गिरी लगायतले पक्राउ गरी आवश्यक अनुसन्धान गर्न आदेश माग गर्दै सर्वोच्चमा रिट परेको थियो।
त्यसमाथि फागुन २६ मा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश दिएको थियो। त्यसमा दाहालले लिखित जवाफ बुझाएका हुन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुझाएको लिखित जवाफ: