यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय
जुगल हिमश्रृङ्खला अन्तर्गतका हिमचुली पर्वातारोहणका लागि खुल्ला गर्ने सहित मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ।
बिहीबार सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले चैत २८ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी छन्। मन्त्रिपरिषद्ले जुगल हिमश्रृङ्खला अन्तर्गतका हिमचुली पर्वतारोहणका लागि खुल्ला गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन्।
त्यस्तै, सरकारले खाद्य पदार्थमा जीवनाशक विषादीको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ। यससँगै कुखुराको दानाको गुणस्तर र मात्रा पनि निर्धारण गर्ने निर्णय गरेको छ।