अस्पतालमा आगलागी हुँदा बिरामीको मृत्यु
सिरहास्थित प्रादेशिक अस्पतालमा आगलागी हुँदा एक जना बिरामीको मृत्यु भएको छ।
सिरहा नगरपालिका-७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो। अस्पतालका अनुसार विद्युत सर्ट भएर आगलागी भएको थियो।
आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो। भागाभाग हुँदा सिरहाको बरियारपटी गाउँपालिका-३ खोक्सी गाउँका ६० वर्षीय प्रदिप दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनी मिर्गौला रोगबाट पीडित थिए। डायलासिस गर्न अस्पताल आएका थिए।