भ्रष्टाचारको आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ ।
भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
वर्तमान प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् ।
उनी पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल–एन) का नेता हुन् भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो ।
“अब्बासीलाई गिरफ्तार गरिएको छ, उनलाई आज वा भोलि अदालतमा लगिनेछ”, एक वरिष्ठ सरकारी अधिकारीले भने ।
नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तार सम्बन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टि गरेका छन् ।
अब्बासीले सन् १९१७ को अगस्तदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो ।
अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत वर्ष नै सात वर्षे जेल सजायको फैसला सुनाइएको थियो ।
भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाइ शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ ।
पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याको रूपमा रहेको छ । एक वर्ष अगाडि प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन्।