कोरोना संक्रमितको मृत्यु
एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत असोज ८ गते पछि नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी मृत्यु हुने पुरुष लामो समयदेखि डायविटिज तथा निमोनियाका रोगी भएको बताउँछन्। उनलाई हृदयघात समेत भएको थियो।
उपचार गर्ने क्रममा परीक्षण गर्दा उनलाई कोभिड पनि देखिएको थियो। “अन्य जटिल रोगको उपचार गराउदाँ गराउँदै उहाँलाई कोभिड पनि देखिएको थियो” अधिकारीले भने।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा ६३१ जना नयाँ संक्रमित भेटिए। यसअघिको अघिल्लो साता ४५० जना मात्र संक्रमित भेटिएका थिए।
काठमाडौँ उपत्यकामा संस्थागत आइसोलेसनमा २४, आइसियूमा १३ र भेण्टिलेटरमा ५ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।