स्टक एक्सचेन्ज र ब्रोकरको नयाँ लाइसेन्स दिने बाटो खुल्यो
धितो पत्र बोर्डले थालेको स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरलाई नयाँ लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
बोर्डले गत असोज २ गते एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटी एक्सचेन्जलाई नयाँ लाइसेन्स दिने गरी आवेदन मागेको थियो। तर, आवेदन दिने म्याद नसकिँदै अधिवक्ता दीपकविक्रम मिश्रले धितोपत्रको निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका थिए।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र पुष्पलता माथेमाको इजलासले रिट खारेज गरेपछि बोर्डलाई नयाँ लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ।
अहिले नेपालमा शेयरको कारोबारका लागि एउट मात्रै स्टक एक्सचेन्ज नेपाल स्टक एक्सचेन्ज छ। निजी क्षेत्रका व्यवसायिक समूहले दोस्रो स्टक एक्सचेन्जको अनुमतिपत्र लिन पहल गरिरहेका छन्र
त्यसैगरी, शेयर किनबेच गर्न सघाउने ब्रोकर संख्या ५० वटा छ। बोर्डले ब्रोकरको संख्या पनि थप्ने योजना बनाएको छ।