फिफा वरीयतामा नेपालको एक स्थान सुधार
विश्व फूटबल महासंघ (फिफा)को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
फिफाले बिहीबार सार्वजनिक गरेको पुरुष फूटबल टोलीको नयाँ वरीयतामा नेपाल ९६३ अङ्कसहित १७४औं स्थानमा पुगेको छ। यसअघि नेपाल १७५औं स्थानमा थियो।
दक्षिणएशियाली देश भुटान बाङ्लादेश, पाकिस्तान र श्रीलंकाभन्दा माथि छ। भुटान १८५औं, बाङ्लादेश १९२औं, पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा छन्।
यस क्षेत्रका अफगानिस्तान, माल्दिभ्स र भारत नेपालभन्दा माथि छन्। अफगानिस्तान १५५, मालदिभ्स १५४ र भारत १०१ स्थानमा छन्।
फिफा वरीयताको पहिलो नम्बरमा अर्जेन्टिना छ। अर्जेन्टिना एक हजार ८४० अङ्क सहित पहिलो नम्बरमा छ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको फ्रान्सको एक हजार ८३८, तेस्रो नम्बरको ब्राजिल एक हजार ८३४, चौथो नम्बरको बेल्जियम एक हजार ७९२.५३ र पाँचौं नम्बरको इङ्ल्यान्डको एक हजार ७९२.३४ नम्बर छ।
फिफा वरीयतामा समेटिएका २११ देशमध्ये पुछारमा सान मारिनोको ७५९ नम्बर छ। त्यस्तै, २१०औं नम्बरमा रहेको अंगुलियाको ७८५ नम्बर छ।