सडक भासिंदाको सास्ती (तस्वीरहरू)
मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको सोल्मास्थित छेपे खोलामा पुल बनाउने क्रममा सडक भासिएपछि यात्रुले सास्ती खेप्नु परिरहेको छ।
मध्यपहाडी लोकमार्गका अन्तर्गत छेपे खोलामा केही समययता पुल निर्माणको काम चलिरहेको छ। पुल निर्माण गर्दा सडक भासिएको छ।
जसले गर्दा सवारी साधन आवातजावत गर्न कठिनाइ भएको छ। ठूला सवारी साधनलाई स्काभेटरले धकेल्ने गरिएको छ। मोटरसाइकल लगायत साना सवारी साधन भने सडकमै डुब्ने गरेका छन्।
पुल निर्माणमा ढिलाइ हुँदा सास्ती खेप्नुपरिरहेको स्थानीय बासिन्दा र यात्रुको गुनासो छ।