यस्ता छन्, मन्त्रिपरिषद्का ११ निर्णय
मिटरब्याज समस्या सम्बन्धमा सिफारिश गर्ने जाँचबुझ आयोग गठन सहित मन्त्रिपरिषद् बैठकले ११ वटा निर्णय गरेको छ।
चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
सरकारले शान्ति सुरक्षा सम्बन्धी कार्यमा खर्चको मापदण्ड खारेज गर्ने निर्णय समेत गरेको छ।