बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्।
बागमती प्रदेश सभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको प्रस्तावको पक्षमा ६७ मत परेको छ। उनले प्रदेश सभामा दोस्रो पटक विश्वासको मत लिएका हुन्।
उनको विपक्षमा १७ सांसदले मत दिए। त्यस्तै, सात सांसद तटस्थ रहेको बागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए।
मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली दलले मत दिएका हुन्। विपक्षमा नेकपा (एमाले), राप्रपा र नेपाल मजदूर किसान पार्टीले मत दिएका छन्।
यससँगै एमालेका चार मन्त्री राजीनामा दिएका छन्। प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै एमाले सरकारबाट बाहिरिएको हो।