जीवित जन्मिएकामध्ये चार लाख १५ हजार ८७८ बालबालिकाको मृत्यु
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले देशभर एक करोड २७ लाख ९९ हजार २९९ बालबालिका जन्मिएको देखाएको छ।
शुक्रबार सार्वजनिक भएको तथ्याङ्क अनुसार, ६७ लाख ४१ हजार ९९० बालक र ६० लाख ५७ हजार १७१ बालिका छन्। तीमध्ये ६५ लाख दुई हजार ४७ बालक र ५८ लाख ८१ हजार ८८४ बालिका जीवित छन्।
उनीहरूमध्ये चार लाख १५ हजार ८७८ बालबालिकाको मृत्यु भयो। जसमा दुई लाख ३१ हजार ७४३ बालक र एक लाख ७६ हजार १३५ बालिका थिए।
प्रतिवेदन अनुसार, १५ देखि १९ वर्ष उमेर समूहका ७६ हजार ८८४ जना महिलाले एउटा बच्चा जन्माए। त्यस्तै, २० देखि २४ वर्षका चार लाख १७ हजार ५२१ महिलाले एउटा बच्चा जन्माए भए भने दुई वटा बच्चा जन्माउने महिलाको संख्या एक लाख ९६ हजार १४२ जना पुग्यो।
यसैगरी, २५ देखि २९ वर्षका एक लाख ५१ हजार ९३३ जना महिलाले तीन वटा बच्चा जन्माए भने यो उमेर समूहमा दुई वटा बच्चा जन्माउने महिलाको सङख्या चार लाख १४ हजार ६४१ छ। यो उमेर समूहका तीन लाख ९६ हजार ७१५ जना महिलाले एउटा मात्र बच्चा जन्माए।
३० देखि ३४ वर्षको उमेर समूहमा एउटा मात्र बच्चा जन्माउने महिलाको संख्या दुई लाख ३७ हजार ६५० छ भने दुई वटा बच्चा जन्माउने महिलाको संख्या चार लाख ६१ हजार २६४ रहेको छ।
त्यस्तै, यो उमेर समूहका दुई लाख २० हजार १११ जना महिलाले तीन वटा बच्चा जन्माए भने चारभन्दा बढी बच्चा जन्माउने महिलाको संख्या एक लाख २९ हजार ५०६ जना रहेको छ।
३५ देखि ३९ वर्ष उमेर समूहका दुई लाख सात हजार १०६ जना महिलाले चारभन्दा बढी बच्चा जन्माए। तीनभन्दा बढी बच्चा जन्माउने महिलाको संख्या दुई लाख ६५ हजार रहेको छ। यही उमेर समूहका चार लाख २५ हजार महिलाले दुई बच्चा जन्माए भने एउटा मात्र बच्चा जन्माउने महिलाको संख्या यो उमेर समूहमा एक लाख ३७ हजार ३६२ रहेको छ।
४० देखि ४४ वर्ष उमेर समूहका दुई लाख २६ हजार ८०२ जना महिलाले चारभन्दा बढी बच्चा जन्माए। तीन बच्चा जन्माउने महिलाको संख्या यो उमेर समूहमा दुई लाख ३२ हजार ६२५ रहेको छ। त्यस्तै, दुई बच्चा जन्माउने महिला तीन लाख १३ हजार हुँदा एक मात्र बच्चा जन्माउने महिलाको संख्या ८८ हजार ८४७ जना रहेको छ।
४५ देखि ४९ वर्ष उमेर समूहका दुई लाख ३२ हजार २८३ महिलासँग चार भन्दा बढी बच्चा छन् भने यही उमेर समूहका एक लाख ८५ हजार २९० महिलासँग तीन र दुई लाख तीन हजार ५०७ जनासँग दुई बच्चा रहेका छन्। यो उमेर समूहमा एउटा मात्र बच्चा हुने महिलाको संख्या ६४ हजार ८२४ रहेको छ।
त्यस्तै, ९८ लाख ६९ हजार ५८३ जना बालबालिकामध्ये आमासँग मात्र बस्ने बालबालिकाको संख्या १६ लाख ८८ हजार ८८६ जना रहेको देखिएको छ। यो देशमा रहेको कुल बालबालिकाको संख्याको १७.१ प्रतिशत हो। जसमध्ये आठ लाख ७४ हजार ९४२ बालक र आठ लाख १३ हजार ९४४ बालिका रहेका छन्।
त्यस्तै, बुवासँग मात्र बस्ने बालबालिकाको संख्या एक लाख एक हजार ६०४ छ। यो कुल जनसङख्याको १.०३ प्रतिशत हो।
प्रतिवेदन अनुसार ७६ लाख ८६ हजार २८१ जना बालबालिका बुवाआमासँग बस्छन्। जसमध्ये ३९ लाख ९१ हजार बालक र ४७ लाख ५५ हजार बालिका छन्।
यसैगरी, ०.३ प्रतिशत बालबालिका बाबु र सौतेनी आमासँग बस्छन भने आमा र सौतेनी बाबुसँग बस्ने बालबालिकाको संख्या ०.१ प्रतिशत रहेको छ। अन्य नातेदारसँग ३ प्रतिशत बालबालिका बस्छन भने रोजगारदातासँग ०.०३ प्रतिशत बालबालिका बसोबास गर्छन्।