नेपालीको विवाह गर्ने औसत उमेर १९ वर्ष‚ १० वर्षभन्दा कममा गर्ने पनि उल्लेख्य
नेपालमा विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले नेपालीको पहिलो विवाह गर्ने औसत उमेर १९ वर्ष देखाएको हो।
तथ्याङ्कले सबैभन्दा बढी ३४.४ प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ। २२.३ प्रतिशतले १५ देखि १७ वर्षमा पहिलो विवाह गरेको तथ्याङ्कमा उल्लेख छ।
यसैगरी, १०–१४ वर्ष उमेरमा पहिलो विवाह गर्ने सात प्रतिशत छन्। ५० वर्ष पार गरेर पहिलो विवाह गर्ने तीन हजार ६४६ जना रहेका छन्।
१० वर्षभन्दा कम उमेरमा विवाह गर्ने ०.३ प्रतिशत छन्। जसमा महिला ०.५ प्रतिशत र पुरुष ०.१ प्रतिशत छन्।