एक्सप्रेस-टीको खरीदमा नबिल ब्यांकको ऋण सुविधा
नबिल ब्यांकले टाटा मोटर्सको विद्युतीय सवारी एक्सप्रेस-टी खरीद गर्ने ग्राहकलाई सहज वित्तीय सुविधा दिने भएको छ।
यो सवारी खरीद गर्ने ग्राहकलाई नबिल ब्यांकले सात वर्षका लागि ८० प्रतिशतसम्म ऋण दिने जनाएको छ। यस सम्बन्धी सम्झौतामा नबिल ब्यांक र टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङबीच हस्ताक्षर भएको जारी विज्ञप्तिमा उल्लेख छ।
एक्सप्रेस-टी इभी खरीद गर्ने ग्राहकले नबिल ब्यांकबाट वार्षिक १४.१ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्। काठमाडौं उपत्यकाका सबै शाखा र ललितपुरको पाटन शाखाबाट यस्तो ऋण सुविधा उपयोग गर्न मिल्ने जनाइएको छ।
ऋण लिएर विद्युतीय ट्याक्सी सेवा सञ्चालन गर्न चाहनेका लागि किस्ताबन्दीमा रकम बुझाउन मिल्ने यो सुविधा महत्त्वपूर्ण रहेको कम्पनीको दाबी छ।